संरचनात्मक सुधार नगरे घोषणापत्र कागजमै सीमित हुन्छ : डा.बाबुराम भट्टराई

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक दलहरूको चुनावी घोषणापत्र अघिल्ला चुनावको तुलनामा सुधारिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  उनले यस्तो बताएको हुन् । 

उनले ठूला, पुराना तथा नयाँ दलका घोषणापत्रमा युवाकेन्द्रित अपेक्षालाई प्राथमिकता दिइएको उल्लेख गरेका छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मुद्दा संक्षिप्त र स्पष्ट रूपमा प्रस्तुत गर्न सापेक्ष रूपमा सफल देखिएको छ ।

युवा बेरोजगारी देशको प्रमुख समस्या भएको उल्लेख गर्दै भट्टराईले सबै दलले यसलाई समाधान गर्ने लक्ष्य राख्नु सकारात्मक भएको बताए । लक्ष्यहरू महत्वाकाङ्क्षी देखिए पनि त्यस्ता लक्ष्य लिनु आवश्यक रहेको उनको भनाइ छ ।

भट्टराईले दिगो विकासका लागि संरचनात्मक सुधार अपरिहार्य रहेको बताएका छन् । उनले आन्तरिक राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक संसद् आवश्यक रहेको उल्लेख गरे । 

साथै, बाह्य रूपमा छिमेकी ठूला अर्थतन्त्रसँग नेपाललाई जोड्ने ‘गतिशील पुल’को अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

निर्वाचनबाट जनताको म्यान्डेट लिएर कार्यान्वयन गर्न सके समृद्ध नेपालको सपना पूरा हुने, अन्यथा यो चुनाव पनि औपचारिकतामै सीमित हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?