एमालेले भन्यो– ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेले छिमेकी र मित्र राष्ट्रहरुसँग मित्रतापूर्ण व्यवहार गर्ने नीति अघि सारेको छ ।

आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर एमालेले सार्वजनिक घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ ।

‘सार्वभौम समानता, स्वाधिनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति, सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिबद्ध हुनेछौँ । छिमेकी देशहरुसँगको सम्बन्धलाई अझ विश्वासिलो र मित्रवत बनाउनेछौँ,’ एमालेको घोषणापत्रको पृष्ठ ७७ मा भनिएको छ ।

एमाले सबै राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउन छिमेकीहरुको अहित नचिताउने र अहित हुने कुनै काम नगर्ने जनाएको छ ।

साथै छिमेकीहरुबाट समेत सोही अनुसारको भूमिका अपेक्षा गर्ने उनले बताए ।

‘छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई अझै मजबुत एवं सौहार्द बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौँ । हामी कुनै पनि छिमेकीहरुको अहित चिताउँदैनौँ र अहित हुने कुनै काम गर्दैनौँ । सबै मित्र राष्ट्रहरुसँग अन्तर्राष्ट्रिय, क्षेत्रीय संघ–संगठनहरुसँग सहकार्य गर्नेर्छौँ । हामी कुनै आग्रह पूर्वाग्रह राख्दैनौँ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ हाम्रो विदेश सम्बन्ध सञ्चालनको आधारभूत नीति हो,’ घोषणापत्रमा भनिएको छ ।

त्यस्तै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाएर वैदेशिक लगानी भित्राउन समेत एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?