काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिका सन्दर्भमा ४ प्रश्न गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले ४ प्रश्न गरेका हुन् ।
उनले भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने प्रश्न गरेका छन् । त्यस्तै भदौ २३ र २४ को जेनजी आन्दोलनका सन्दर्भमा कसले घुसपैठ गर्यो रु भन्ने ओलीको अर्को प्रश्न रहेको थियो ।
त्यतिमात्र होइन ओलीले
यी हुन् ओलीका ४ प्रश्न :
– भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रिरहेको थियो रु कि देश बिग्रिएको काल्पनिका भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
– भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो रु शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्किन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?
– भदौ २३ र २४ का घटनाहरू स्वतस्फूर्त थियो कि योजनाबद्ध रु निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्षित बनाइयो रु आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ?
– सरकार संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएन । हुँदै नभएका माग पूरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधि सभाको विघटन किन गरियो ?
त्यति मात्र नभएर ओलीले निर्वाचनमा आफ्ना कमीकमजोरी लुकाउन बनाइएको देशी विदेशी षडयन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) को आधारमा वर्तमान सरकार गठन गरिएको समेत आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया