काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले पार्टीलाई भोट नदिए पनि काम गर्ने लिष्ट दिन आग्रह गरेका छन् ।
कैलालीको धनगढीमा आयोजित पार्टीले आयोजना गरेको परिवर्तन उद्घोष सभामा बोल्दै सो कुरा बताएका हुन् ।
उनले रास्वपा भोट मात्र माग्न नआएको टिप्पणी गर्दै आफूहरुलाई कामको लिस्ट दिन आग्रह गरे । साथै आफूहरुलाई भोट नदिए पनि कामको लिस्ट दिन र सोही अनुसार आफूहरु काम गर्न तयार रहेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन काम माग्न आएका हो है । तपाईँहरुले भोट नदिए पनि कामको लिष्ट दिनु राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्छ,’ उनले भने ।
कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले चस्मा खोल्न आग्रह गरेका थिए । आफूहरुलाई चस्मा खोलेको अनुहार हेर्न मन भएको भन्दै दर्शक दीर्घाबाट केही व्यक्तिहरुको आग्रहलाई सुन्दै उनले आँखा हेर्न नपर्ने आफूहरु काम गर्ने गर्ने सोही अनुसार काम हेरे हुने बताए ।
‘आँखा हेर्न पर्दैन काम हेर्नु होला,’ उनले भने ।
रास्वपाको परिवर्तन उद्घोष सभाका लागि सभापति रवि लामिछानेसहितका नेताहरु त्यहाँ पुगेका छन् । त्यस्तै सुदूरपश्चिमलाई विकासका हिसावले नजिक ल्याउन आफूहरु सुदूरपश्चिम आएको समेत उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया