हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

लोकपथ
49
Shares

काठमाडौं ।  हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए । रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उनले बताए ।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए । काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?