अहिले कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था ?

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

गत माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागि हुन पुगेका लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । तर उक्त चोट बढ्दै गएसँगै चिकित्सकको सल्लाहअनुसार लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

‘उहाँको अवस्था अहिले सामान्य रहेको कुरा जानकारी गराउँदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,’ अस्पतालले भनेको छ ।
त्यसो त मंगलबार लामिछानेको बिरामी भएको तस्बिर भन्दै खुट्टा प्लास्टर गरेको तस्बिर सार्वजनिक भएको थियो । तर

अस्पतालले भने उक्त तस्बिर प्रविधिको प्रयोग (एआईको प्रयोग) गरेर बनाइएको समेत अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?