काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिवसहित नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रीय सचिव संजयकुमार चौधरीसहितका नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीमा दलगत संकीर्णता र व्यक्ति केन्द्रित राजनीति बढेको भन्दै आफूहरु यस निर्णयमा पुगेको उनीहरुले बताएका छन् ।
साथै देश गम्भीर संकटमा परेको ठहर गर्दै उनीहरूले नयाँ राजनीतिक यात्रामा अघि बढ्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया