निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित

लोकपथ
518
Shares

काठमाडौं। नेपाली कांग्रेसले माघ १६ गते आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित  भएको छ । 

निर्वाचन आयोगको आचारसंहिता लागु भएको कारण सभा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसको मधेस प्रदेश समितिले शनिबार बसेको बैठकमा माघ १६ गते चिरहोटियामा आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आचारसंहिताका कारण अब सभा आयोजना हुन सक्ने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?