नेपाली कम्युनिष्ट पार्टी र एमालेले कर्णालीमा टुंगो लगायो उम्मेदवार : कहाँ को ?

लोकपथ
763
Shares
फाइल तस्बिर

काठमाडौं । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी एमालेले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका नौ जिल्लाका उम्मेदवारको नाम छनोट गरेको छ ।

दश जिल्लाका १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई–दुईवटा निर्वाचन क्षेत्र छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नं १ मा अम्बरबहादुर थापा, दैलेख क्षेत्र नं २ मा योगेन्द्रबहादुर शाही, सुर्खेत क्षेत्र नं १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नं २ मा झकबहादुर मल्ल र डोल्पामा धनबहादुर बुढा उम्मेदवार छनोट गरिएको हो ।

हुम्लामा डा दिपेन्द्र रोकाय, कालीकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्तिबहादुर बस्नेत, मुगुमा चन्द्रबहादुर शाहीको नाम टुङ्गो लागेको छ भने सल्यानमा बाँकी रहेको उनले जानकारी दिए ।

त्यस्तै एमालले कर्णालीका १० जिल्लामा उम्मेदवारको छनोट गरिसकेको छ ।

सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं १ मा ध्रुव शाही, क्षेत्र नं २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया, दैलेख क्षेत्र नं १ मा रवीन्द्रराज शर्मा, क्षेत्र नं २ मा लक्ष्मीराज शर्मा, जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट गरिएको एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?