घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
441
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ  ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । 

 अघिल्लो दिन २ लाख ६०  हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर  २ लाख ५८ हजार ४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।   

त्यस्तै चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?