काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको हो ।
निगमका अनुसार मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढेर आएको हो ।
त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो ।
‘निगम सञ्चालक समितिको मिति २०८२–०८–२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२–०९–०१ को बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेलरमट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको छ,’ पेट्रोलियम पदार्थको जानकारी दिँदै निगमले भनेको छ ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया