एकैदिन ३५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

लोकपथ
693
Shares

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा  तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल  १००ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य  दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल  तीन हजार ९०५ निर्धारण भएको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी  तीन हजार ८०५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?