माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख रुपैयाँमा सीमित हुने, के पर्छ असर ?

लोकपथ
1.3k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनिह्वाइट–लकन्डरिङ) नियन्त्रणमा ढिलाइ भएको भन्दै अन्तर्राष्ट्रिय संस्था फाइनानसियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले २०२५ फेब्रुअरीदेखि नेपाललाई ग्रे–लिस्ट मा राखेपछि सरकारले कडाइका उपाय अघि बढाएको छ ।

यही क्रममा मन्त्रिपरिषद्ले मंसिर १६ गते गरेको निर्णयअनुसार माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख रुपैयाँमा सीमित हुनेछ । 

अर्थ मन्त्रालयको प्रस्तावमा आएको यो निर्णय कार्यान्वयनका लागि राजपत्रमा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ व्यवस्थाअनुसार ५ लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत जस्तै चेक, बैंक ट्रान्सफर, कनेक्ट आईपीएस वा अनलाइन माध्यमबाट गर्नुपर्नेछ । व्यक्तिगत खाताबाट नगद निकासीमा प्रत्यक्ष रोक लाग्दैन तर बैंकले कारण स्पष्टीकरण माग्नेछ ।

यो कदमले अनौपचारिक अर्थतन्त्र घटाउने, पारदर्शिता बढाउने र वित्तीय अपराध रोकथाममा योगदान गर्ने सरकारको विश्वास छ । नियम उल्लंघन भएमा सम्पत्ति शुद्धीकरण ऐनअनुसार छानबिन र जरिवाना तथा कानुनी कारबाही हुनसक्छ । यसमा आर्थिक जरिवाना वा अन्य कानुनी सजाय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?