काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले बढेर २ लाख ५२ हजार १ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको दरमा पनि आज वृद्धि भएको छ । महासङ्घका अनुसार चाँदी प्रति तोला १५० रुपैयाँले बढेर ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यसको मूल्य ३ हजार ६ सय रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया