काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् । उनको पार्टीको नाम ‘समुन्नत नेपाल पार्टी’ रहेको छ ।
देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले उनले पार्टी खोलेका हुन् ।
खनालको पार्टीका तर्फबाट राजबाबु यादवले कात्तिक ३० गते अबेर आयोगमा निवेदन बुझाएको जनाइएको छ ।
पूर्वआईजीपी खनाल यसअघि २ पटक प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ र त्यसपछि तनहुँ–१ को उपनिर्वाचनमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । दुवै पटक उनी पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया