मधेस प्रदेशको मुख्यमन्त्री विवाद : छलफलका लागि सर्वोच्चले बोलायो

लोकपथ
203
Shares

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्री विवादबारे छलफलका लागि बोलाएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले छलफलका लागि बोलाएको हो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।

तत्कालीन प्रदेश प्रमुख सावित्रा भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसको विरुद्धमा मधेस प्रदेशका ७४ जना प्रदेश सभा सदस्यहरुले त्यसको विरुद्ध रिट दायर गरेका थिए ।

त्यसबारे सुनुवाई गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्नेबारे छलफलका लागि बोलाइएको सर्वोच्चले जनाएको छ ।

रिटबारे सुनुवाई गर्दै सर्वोच्चले भनेको छ, ‘यसमा रिट निवेदनमा समाविष्ट विवादको विषयवस्तुको गाम्भीर्यताको ध्यानमा राख्दा अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने विषयमा यथाशीघ्र निरुपण हुनुपर्ने देखिँदा अन्तरिम आदेश छलफलका लागि मिति २०८२–०८–०२ को पेसी तोकी अग्राधिकार दिई नियमानुसार पेस गर्नू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?