दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन मंसिर ८ गते सोमबार आह्वान गरिएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया