काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव वक्तव्यासहित पेस गर्नेछन् ।
प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले छलफल गरेपछि मुख्यमन्त्री आचार्यले उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनेछन् । त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्नेछन् ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
लुम्बिनी प्रदेशसभामा ८३ जना सदस्य छन् । सरकार टिकाउन कम्तीमा ४२ जना सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले आवश्यक बहुमतभन्दा बढी सदस्यको समर्थन जुटाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया