काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका अनुसार ‘आयकर ऐन २०५८’ बमोजिम निक्षेपकर्ताको ब्याजभुक्तानीबाट गरिएको करकट्टी विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्न आवश्यक भएकाले बैंकले ग्राहकहरूलाई यस्तो आग्रह गरेको हो ।
ग्राहकले आफ्नो प्यान panupdate.nicasiabank.com वा एनआईसी एशिया मोबाइल बैंकिङ एपमार्फत अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, ग्राहकले नजिकको जुनसुकै शाखाबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन पनि सक्ने छन् ।
बैंकले प्यान अद्यावधिक भएपश्चात् ग्राहकको करकट्टी विवरण स्वतः E-TDS प्रणालीमा प्रविष्ट हुनेछ । यसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैंकमा धाउनुपर्ने अवस्था हट्ने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया