सिरहा । हाटबजारको राजस्वमा अनियमितता गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साह तेलीसहित ६ जना भ्रष्टाचार मुद्दामा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर, उपमेयर, दुई जना प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख र एक ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगको अनुसन्धानमा आर्थिक वर्ष २०७७–७८ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजारको राजस्व संकलनमा अनियमितता भएको पाइएको छ ।
नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिइएको आयोगको आरोप छ । त्यस्तै, राजस्व संकलनको जिम्मेवारी अमानतमा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत ठेकेदारलाई दिइएको र असुल गर्नुपर्ने रकमसमेत असुल नगरिएको दाबी गरिएको छ ।
यस प्रकरणमा पूर्वमेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनही १ करोड ६० लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ ।
अख्तियारले अन्य कर्मचारी र ठेकेदारविरुद्ध पनि छुट्टाछुट्टै बिगो कायम गर्दै कानुनअनुसार सजायको माग गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया