एनपीएलको प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम’ ले चाँदीको बल दिने

लोकपथ
0
Shares

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको छ ।

एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन सम्झौता गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल दिइनेछ ।

एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच खेल हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल पाउनेछन् । अर्थात्, खेल जित्ने टोलीका खेलाडीले मात्रै नभई दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीलाई पुरस्कृत गरिनेछ ।

एनपीएलको पहिलो खेलबाटै यो पुरस्कार वितरण सुरु भएको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल पाउने पहिलो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?