विराटनगरलाई हराउँदै चितवनको विजयी सुरुवात

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज विजयी भएको छ ।

संस्करणको दोस्रो खेल अन्तर्गत मंगलबार चितवन राइनोज र विराटनगर किङ्सबिच प्रतिपस्पर्धा भएको थियो ।

टस जितेर पहिले फिल्डिङ गरेको चितवन राइनोजले विराटनगरलाई १५८ को टार्गेट दिएको थियो । तर १९ ओभर ३ बलको क्षतिमा विराटनगर अल आउट बनेको हो ।

विराटनगरले १९ ओभर ३ बलको क्षतिमा १४९ रन मात्र जोड्न सफल भएको थियो ।

अर्को खेल आजै साँझ ५ बजे हुँदैछ । आगामी खेलका लागि कर्णाली याक्स र जनकपुर बोल्डस् भिड्दैछन् ।

सोमबारबाट सुरु भएको एनपीलमा उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिष्पर्धा भएको थियो ।

साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबिचको खेलमा लुम्बिनीले विजयी सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?