धनगढी । कैलालीबाट करिब १५ ग्राम लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम रानालाई शुक्रबार दिउँसो १ बजे पक्राउ गरिएको हो ।
रानालाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको घरमा खानतलासी गर्दा धानको बोराभित्र लुकाइराखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया