एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान 

लोकपथ
511
Shares

काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई आज बुधबार डिल्लीबजार कारागारमा थुनामा राख्न पठाइएको हो ।

बहुविवाह मुद्दामा शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । अदालतले उनलाई १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । 

फैसला कार्यान्वयनका लागि उनलाई कारागार चलान गरिएको हो । 

शेर्पा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा दस्ताका कमान्डरसमेत थिए । बहुविवाह मुद्दामा अदालतद्वारा सजाय सुनाइएका शेर्पालाई पार्टीबाट कारबाही गर्न एमाले सचिव योगेश भट्टराईले बैठकमै माग गरेका थिए । यद्यपि, ओलीले मुद्दा लाग्दैमा कोही दोषी ठहर नहुने भन्दै शेर्पाको बचाउ गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?