काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहको भेला सुरु हुनु अघि चहलपहल बढेको छ ।

भेला तयारीका लागि आज बिहानदेखि नै नेताह र कार्यकर्ताहरूबिच छलफल, समन्वय र उपस्थितिका तयारी बढेको हो ।

अभियानमा संलग्न नेताहरूले पार्टीभित्र नेतृत्व र संगठनगत दिशाबारे असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनमार्फत नयाँ मार्ग रेखा तय गर्नुपर्ने बताउँदै आएका छन् ।

भेला मार्फत हस्ताक्षर संकलनको प्रगति, आगामी रणनीति र केन्द्रमा बुझाइने प्रक्रियाबारे निर्णय गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया