काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।
संस्थापन इतर पक्षले आगामी मंसिर मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ । तर संस्थापन पक्ष भने आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ ।
सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई उपस्थित रहन अनुरोध गरिएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।
महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने विषयमा दुई पक्षबीच मतभेद कायम रहँदा बैठकमा तीव्र बहस हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया