सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

लोकपथ
154
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य आज पनि सोही दरमा कायम रहेको हो ।

यसैबीच, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ ।आइतबार तोलाको ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?