काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावका कारण देशका पूर्वी र मध्य भूभागमा बदलीको अवस्था रहेको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने, मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया