नेकपा एकीकृत समाजवादीमा विवाद : माओवादीसँग एकता पछि खनाल पक्ष अलग भेलामा

लोकपथ
4.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्रै विवाद उत्पन्न भएको छ । सम्मानित नेता झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै बेग्लै भेला बोलाएको छ ।

नेता खनाल र घनश्याम भुसाल नेतृत्वको भेला हाल सुके धारामा जारी छ । सो भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायतको उपस्थिति छ । तर, सम्मानित नेता खनाल भने अहिलेसम्म उपस्थित भएका छैनन् ।

अध्यक्ष माधव नेपालले बहुमतको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेका छन् । निर्णय सार्वजनिक भएपछि खनाल पक्षले बेग्लै पार्टी गठन गर्ने संकेत दिएका छन् । यस घटनाले नेकपा एकीकृत समाजवादी पार्टीमा स्पष्ट विभाजनको संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?