एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकलमा उपचार गर्दा ५० प्रतिशत छुट

लोकपथ
168
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई रुपन्देही देवदह स्थित मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकले देवदह मेडिकल कलेजमा उपचार गरी डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट सुविधा पाउने गरी सम्झौता भएको बैंकले जनाएको छ । 

बैंकका ग्राहकले अस्पतालमा सेवा लिँदा ओपीडी टिकट मा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, शल्यक्रिया उपचारमा १५ प्रतिशत, प्याथोलोजिकल प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, रेडियोलोजिकल सेवाहरूमा १५ प्रतिशत (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यो सुविधाको उपभोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?