फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन घटेको मूल्य शुक्रबार पुनः बढेको हो ।

महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?