काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीमा उत्कृष्टता कायम राख्दै आईएसओ ९००१ : २०१५ प्रमाणितबाट पुनः प्रमाणपत्र प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ (International Organization for Standardization) बाट बैंकले प्राप्त गरेको यो प्रमाणपत्रले बैंकको गुणस्तरीय सेवा र व्यवस्थापन प्रणालीलाई थप मजबुत बनाएको बैंकले जनाएको छ।
बैंकले सन् २०२४ अगस्ट १६ (वि.सं. २०८१ साउन ३२) देखि लागू हुने गरी प्रोभिजन अफ डेभ्लोमेन्ट बैंकिङ एक्टिभिटी अन्तर्गत प्रारम्भिक प्रमाणपत्र प्राप्त गरेको थियो । त्यही प्रमाणपत्रअन्तर्गत २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको हो ।
महालक्ष्मी विकास बैंक यस्तो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने अग्रणी विकास बैंक मध्ये एक बनेको छ । बैंकका अनुसार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्दै, उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र निरन्तर सुधारमा केन्द्रित संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया