प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

लोकपथ
6.7k
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको छ ।

बुधबार प्रतिनिधि सभा विघटनविरुद्ध परेका १६ वटा रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहनुनपर्ने आदेश जारी गरेको हो ।

संवैधानिक इजलासमा सुनुवाई पश्चात सर्वोच्च अदालतले कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।

आदेशमा भनिएको छ :

यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी गर्नु नपर्ने कानुन बमोजिमको आधार र कारण भए समेत खुलाइ सर्वोच्च अदालत संवैधानिक इजलास नियमावली २०७२ को नियम १९ बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनि यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यार्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि अथवा लिखित जवाफ प्राप्त गर्ने समय व्यतित भएपछि नियम अनुसार पेस गर्नू । साथै निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदनको अन्तिम सुनुवाईमा हुँदा बिचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?