नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका हुन् ।

उनले पारिवारिका कामका लागि राजीनामा दिएको खुलाएका छन् । तर उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

उनको राजीनामा प्रहरी प्रमुख (आईजीपी) ले स्वीकृत गरेर गृहमन्त्रालयमा पठाएपछि मात्रै सदर भएको मानिनेछ ।

उनी ६ महिनाअघि मात्रै एसपीबाट एसएसपी बनेका थिए । त्यसो त उनका कतिपय ब्याजीहरु एसएसपी बन्दा कतिपय भने हाल पनि एसपी नै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?