मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा व्यापक हिमपात, अवरुद्ध बाटो पन्छाउँदै सशस्त्र प्रहरी 

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाहरूमा गए रातिदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध गरेको छ । 

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गए रातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुका साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ । 

सो टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्यसमेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ । 

यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गए रातिदेखि परेको हिउँसमेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ । 

यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ, म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?