कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

लोकपथ
364
Shares

काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?