बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका विष्ट आज मृत फेला परेका हुन् ।
बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले विष्ट को खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो । सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल विष्टको शव फेला परेको हो ।
विष्टले चलाएको सुपप्र ०१-०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए । विस्टको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया