सरकार निर्वाचनको तयारी छोडेर नेताहरूमाथि पूर्वाग्रह साध्न लागि परेको छ : कार्यवाहक सभापति खड्का

लोकपथ
742
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले चुनावका लागि उपयुक्त वातावरण तयार गरे मात्र पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।

सुर्खेतमा आज आयोजित पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले चुनावको लागि आवश्यक वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘हालसम्म सरकारले चुनाव गराउन भरपर्दो काम गरेको छैन ।’

खड्काका अनुसार, सरकारले चुनावको वातावरण बनाउन तयारी गरेमा ‘जेनजी’ प्रदर्शनमा लुटिएका हतियार फिर्ता गर्ने, प्रहरी तथा सुरक्षा निकायको मनोबल बढाउने, र निर्वाचनमा भाग लिने दललाई विश्वासमा लिएर आममतदातामा सुरक्षाको प्रत्याभूति दिलाउने जस्ता कदम उठाउनुपर्ने हुन्छ ।

कार्यवाहक सभापति खड्काले भने, ‘सरकारले चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेतामाथि पूर्वाग्रही लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योल बढाउने काममा लागेको छ। हामी कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानमा खुला छौँ, तर जिम्मेवार व्यक्तिबाट भ्रम र लाञ्छना फैलाउने काम भइरहेको छ ।’

खड्काले पार्टीको केन्द्रीय कार्यसमितिले चुनाव, पार्टी अधिवेशन र वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने उल्लेख पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?