फूलले रंगीचंगी इचंगु [फोटोफिचर]

लोकपथ
21
Shares

काठमाडौं । तिहार नजिकिँदै जाँदा काठमाडौंको इचंगु क्षेत्रका खेत र बस्तीहरू रंगीचंगी फूलले झनै आकर्षक बनेका छन् । खेतभरि फुलेका गोदावरी, सयपत्री र मखमली फूलले गाउँ र पहाड दुवैलाई उज्यालो र रमाइलो बनाएका छन् ।

दसैँ सकिएलगत्तै सुरु हुने तिहारलाई ‘फूलको पर्व’ पनि भनिन्छ । दाजुभाइदेखि पशुपन्छीसम्मलाई फूल र माला लगाउने प्रचलनका कारण यस समयमा फूलको माग निकै बढ्ने गर्छ ।

त्यही कारण अहिले माथिल्लो इचंगुका किसानहरू बिहानैदेखि खेतमा फुलेका सयपत्री र मखमली फूल टिप्न व्यस्त छन् । ती फूलहरू बजारमा पठाउन र माला बनाउन किसानहरूलाई फुर्सदै छैन ।

विगत केही वर्षदेखि इचंगु क्षेत्रमा तिहार लक्षित फूल खेती व्यावसायिक रूपमा बढ्दै गएको छ । किसानहरूले सयपत्री र मखमली फूल मुख्य रूपमा खेती गर्छन् ।

अन्य बालीको तुलनामा फूल खेतीबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । यस क्षेत्रमा केही किसानले सात रोपनीसम्ममा फूल खेती गरेका छन् ।

तिहार नजिकिँदै जाँदा खेतभरि फुलेका रंगीचंगी फूलले इचंगुको पहाड र बस्तीलाई झनै रमाइलो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?