हरेक दिन नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाकै २ लाख ५८ हजार पुग्यो

लोकपथ
854
Shares

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

जसअनुसार शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?