पाचन प्रणाली बलियो बनाउन चाहानुहन्छ ? खानुहोस् यी खानेकुरा

लोकपथ
119
Shares

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा अधिकांशले आफ्नो शरीरको हेरचाह त गर्छन्, तर पेटको स्वास्थ्यप्रति आवश्यक ध्यान दिन बिर्सन्छन् । बाहिरको खाना खाने बानी, खानाको निश्चित समय नहुनु र तनाव जस्ता कारणले गर्दा पाचन प्रणालीमा समस्या आउन थालेको छ । 

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यस समस्यालाई कम गर्न केही प्राकृतिक फलहरूको नियमित सेवन अत्यन्तै लाभदायक छ । विशेषज्ञहरूले यी फलहरूलाई ‘सुपरफ्रुट्स’ को संज्ञा दिएका छन्, जसले पेटलाई सधैँ हल्का र ताजगीपूर्ण राख्छ । अनार, अम्बा, स्याउ, तरबुजा, केरा, र मेवाजस्ता फलले पाचन प्रणालीलाई बलियो बनाइ शरीरमा ऊर्जा कायम राख्न सहयोग पुर्‍याउँछन् । 

मेवा : मेवामा पाइने ‘पपेन’ नामक एन्जाइमले पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खानालाई छिटो पचाउन मद्दत पुर्‍याउँछ र पेटलाई हल्का राख्छ । विशेषज्ञहरूको सुझावअनुसार बिहान खाली पेट मेवा खानाले कब्जियत कम गर्न मद्दत मिल्छ र शरीरमा ऊर्जा पनि प्रदान गर्छ । यसैले दैनिक आहारमा मेवाको समावेशीकरण स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ ।

केरा : केरा पाचनका लागि उपयोगी फल हो । ग्यास वा अम्लताको समस्या भएकाहरूले दिनमा एक–दुई वटा केरा खानाले राहत पाउँछन् । केराले छिट्टै भोक मेटाउँछ र लामो समयसम्म शरीरमा ऊर्जा प्रदान गर्छ । त्यसैले बिहानको खाजामा वा स–साना खाजामा केरा खानु स्वास्थ्यका लागि लाभदायक छ । 

स्याउ : स्याउमा रहेको घुलनशील फाइबरले पेटमा रहेका राम्रो ब्याक्टेरियाहरूको वृद्धि गर्न सहयोग पुर्‍याउँछ । नियमित रूपमा स्याउ खाने बानीले पेट सफा राख्ने मात्र नभई डाइजेस्टिभ सिस्टमलाई पनि बलियो बनाउँछ । बिहान वा बेलुकी स्याउ खाने बानीले समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । 

अनार : अनारमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट र फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ र पेटसम्बन्धी समस्या कम गर्छ । विशेषज्ञहरूले बिहानको नास्तामा वा दहीसँग मिसाएर अनार खाने बानीले कब्जियत, अम्लता र अन्य पाचन समस्याबाट बच्न सहयोग पुर्‍याउने बताएका छन् । 

अम्बा : अम्बामा प्रशस्त फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई सक्रिय राख्छ र कब्जियत हटाउँछ । काला नुन वा साधारण नुनसँग मिसाएर सेवन गर्दा यसको स्वाद अझ उत्कृष्ट हुन्छ । बिहानको नास्ता वा हल्का बेलुकीको खाजाको रूपमा अम्बा सेवन गर्दा शरीरमा ऊर्जा वृद्धि हुन्छ र पाचन प्रक्रिया सहज हुन्छ । 

खरबुजा : गर्मीमा पेटलाई चिसो राख्न खरबुजा उत्कृष्ट छ । यसमा ९० प्रतिशतभन्दा बढी पानी पाइन्छ, जसले शरीरलाई हाइड्रेट राख्छ र विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । साथै, पेटमा ग्यास वा जलनको समस्या भएमा राहत पनि दिन्छ । स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिन्छन् कि बिहान खाली पेट वा नास्तामा यी फलहरूको सेवन गर्ने बानी बसाल्दा पाचन प्रणाली मात्र सुदृढ हुँदैन, समग्र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन्छ । नियमित रूपमा ‘सुपरफ्रुट्स’को सेवनले पेटलाई हल्का राख्ने मात्र होइन, शरीरमा ऊर्जा कायम राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?