सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे २ लाख कट्यो

लोकपथ
1.9k
Shares

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो।  यो मूल्य हालसम्मकै उच्च हो । 

महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ । 

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।

यस्तै चाँदीको मूल्य समेत बढेको छ।  बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?