काठमाडौं । संसद् विघटनविरुद्ध दायर रिटको सुनुवाइ कात्तिक १२ मा हुने भएको छ । बुधबार विघटनविरुद्ध परेका रिटहरू दर्ता गर्दै कात्तिक १२ को पेसी तोकिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार संसद् विघटनविरुद्ध दायर भएका रिटको पहिलो पेसी कात्तिक १२ का लागि तोकिएको छ ।
ती रिटहरूमाथिको सुनुवाइ सोझै संवैधानिक इजलासमा गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया