काठमाडौं । नेपालका १० वटै वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यूका लागि बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले स्थलगत अनुगमन सुरु गरेको छ ।
हाउल्याडरले छनोट गरेका नेपाली चार्टर एकाउन्टेन्ट र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूसहितको टोलीले एकैपटक १० वटै बैंकमा काम सुरु गरेको हो ।
फर्मले हाल बैंकहरूको नीति, पोलिसी र कर्जा सम्बन्धी तथ्यांक संकलनमा केन्द्रित रहेको बताइएको छ । टोलीले तिहारअघि सबै बैंकबाट आवश्यक विवरण संकलन गर्ने र छठपछिदेखि स्थलगत विश्लेषण तथा अनुगमन कार्य सुरु गर्ने योजना बनाएको राष्ट्र बैंकले जनाएको छ ।
हाउल्याडर फर्मबाट दुई जना विशेषज्ञ, राष्ट्र बैंकका प्रतिनिधि र नेपाली चार्टर एकाउन्टेन्टसहितको संयुक्त टोलीले हाल विभिन्न बैंकमा कर्जा नीतिको कार्यान्वयन र जोखिम मूल्यांकनको प्रारम्भिक अध्ययन गरिरहेको छ । तिहारपछि तोकिएका चार जना प्रतिनिधिले हरेक बैंकमा आन्तरिक निरीक्षण गर्नेछन् ।
नेपाल सरकारले ८८अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा सम्झौता गर्दा १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नुपर्ने सर्त राखिएको थियो । सोही सर्तअनुसार राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीलाई छनोट गरेको हो ।
उक्त फर्मले दसैँअघि नै अफसाइट काम (डाटा विश्लेषण) सुरु गरेको थियो भने छठलगत्तै अनसाइट काम सुरु गर्नका लागि हाल १० वटै बैंकमा तयारी टोली पठाएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया