काठमाडौं । मंगलबार शेयर बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से १९.४३ अंकले घट्दै २५२८ मा कायम भएको हो ।
कारोबार सुरु भएपछि केही समय बजार बढे पनि आधा घण्टामै ओर्लिएको हो । आजको कुल कारोबार रकम ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ४ अर्ब ९७ करोडको तुलनामा कम हो ।
आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
उद्योगगत समूहमध्ये व्यापार समूह सबैभन्दा बढी १.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ । त्यसैगरी निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ समूह ०.८२ प्रतिशतले घटेका छन् ।
दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । शुभम् पावर र ग्रामीण विकास बैंकका शेयरमा १० प्रतिशतको वृद्धि भएको हो । यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१ र सुपरमाइ हाइड्रोपावरको ४।८४ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया