काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ४ हजार ३ सय ४७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा आधाभन्दा बढीले विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका हुन् । यो हस्ताक्षर आजै पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ ।
विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दसैँअघि नै हस्ताक्षर अभियान चलाएका थिए ।
हस्ताक्षर अभियानमा रहेका केन्द्रीय सदस्य मधु आचार्यले नियमित महाधिवेशनमा जाने निर्णय गर्ने हो भने त्यहीअनुसारको क्यालेन्डर आउनुपर्ने, नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रयोग हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया