काठमाडौं । देशकै जेठो विश्वविद्यालय यानेकी त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
आइतबार यसअघिकै सरकारलाई समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएको हो ।
नेपाल सरकारका पूर्वसचिव सारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भने गरिएको थिएन । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
सार्वजनिक प्रतिवेदन अनुसार त्रिविले देशभर फैलिएका आंगिक क्याम्पस तथा शैक्षिक संरचनाका लागि उल्लेख्य मात्रामा जग्गा स्वामित्वमा लिएको पाइएको छ । तर अझै पनि त्रिविका नाममा दर्ता हुन बाँकी र विवादमा परेका जग्गा थुप्रै रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन पढ्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया