हुम्लामा हिमपातले अवरुद्ध न्यालु खण्डमा स्काभेटर परिचालन, मंगलबारदेखि सडक सञ्चालन हुने

लोकपथ
105
Shares

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा लगातार दुई दिनदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको न्यालु खण्डमा हिउँ पन्छाउन स्काभेटर परिचालन गरिएको छ ।

पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीका अनुसार आज ९आइतबार० सदरमुकाम सिमकोटबाट स्काभेटर पठाइएको हो । उनले स्काभेटर सोमबार बिहान घटनास्थलमा पुग्ने र बिहानैदेखि हिउँ पन्छाउने काम सुरु हुने जानकारी दिए ।

‘यदि सोमबार दिनरात हिउँ पन्छाउने काम सकियो भने मंगलबारदेखि सडक सञ्चालनमा आउनेछ,‘जैसीले बताए ।

हिमपातका कारण न्यालु खण्ड अवरुद्ध भएपछि नाम्खा गाउँपालिकाको लिमी क्षेत्रबाट फर्किँदै गरेका ४० जना भन्दा बढी यात्रु तुम्लिङमा रोकिएका छन् । सडक अवरुद्ध भएपछि ती यात्रु तथा सवारीसाधन सदरमुकाम सिमकोट फिर्ता भएका छन् ।

नाम्खा गाउँपालिकाअन्तर्गत लिमी क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ । पछिल्ला दिनमा त्यहाँ आन्तरिक तथा विदेशी पर्यटकको आवागमन बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?