काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले दामोदर हिमश्रृंखलाअन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, असोज २५ गते बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झन्डा फहराइएका हो ।
पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहणले पर्यटन प्रवर्धनमा कोेशेढुंगासमेत साबित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमको लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत ठूलो भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बलको विश्वास रहेको छ ।

केही समयअगाडि सशस्त्र प्रहरी बल, नेपालले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरूप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो ।
यसभन्दा अघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहणपश्चात् चुलु फार इस्ट हिमाल आरोहण गर्ने कानुनी हिसाबमा वैधानिकता समेत प्राप्त गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक पौडेलसहित ७ जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइड लाइन्समा फोर्टिन, पिक्स एक्सपीडिसन मार्फत उक्त हिमाल आरोहण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया