काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य सुधारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
चिकित्सकहरूको निगरानीमा उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको र आइतबार डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको शीतल निवासमा आइतबार जेनजी प्रतिनिधिहरूसँग भेटवार्ता तय गरिएको थियो । तर स्वास्थ्यका कारण उक्त वार्ता सोमबारका लागि सारिएको छ ।
राष्ट्रपतिसँग भेटवार्ता हुन नसकेको भन्दै शनिबार जेनजीका केही प्रतिनिधिहरूले शीतल निवास अगाडि नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया